गण्डकी विकास बैंक लि. द्धारा गण्डकी समृद्धि बचत खाता सञ्चालन

प्रकाशित मिति:

बुटवल -खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंक लि ले आफ्ना ग्राहक बर्गमा “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ । यस खाता अन्तरगत खाता खोल्ना साथ बैंकले रु १००÷– जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् ।

“सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको यस खातामा निः शुल्क अन्तर शाखा कारोवार ,ATMसुबिधा , वार्षिक ७% व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको छ ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ATM,CASBS IPS मोबाईल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम बहादुर थापाले जानकारी गराउनुभयो ।