मुक्तिनाथ विकास वैंकको बचतमा “ मुक्तिनाथ जीवन बरदान योजना ’’

प्रकाशित मिति:

काठमाडौँ -मुक्तिनाथ विकास बैंकले मिति २०७६-०१-१५ बाट लागु हुने गरी “ मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।

यस योजना अन्तर्गत ग्राहकले रु १०,०००र न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा को सुविधा प्राप्त गर्नेछन् ।साथै, रु २०,०००र( न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा ९दुवै सुविधा  प्राप्त गर्न सक्नेछन् ।

यस बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज मासिक ब्याज भुक्तानी ०, निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क  नेटवर्क अन्तर्गत रहेका करिब ३०००VISA Debit Card  बाट निः शुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । बैंकको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिने छ ।यो बचत खाता खोल्ने ग्राहकलेKiraana Online स्टोर सँग सहकार्य गरी रु ५०० बराबरको Kiraana Online किनमेलको भौचर सुविधा पनि उपलब्ध गराउने छ । हाल यो सुविधा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुनेछ ।