अर्थतन्त्रमा आईसीटीको योगदान रू. आठ खर्ब पुर्याउने !

प्रकाशित मिति:

बिकास रेग्मी / काठमाडौंँ – अर्थतन्त्रमा सूचना प्रविधिको योगदान आठ खर्ब रुपियाँभन्दा बढी पु¥याउने लक्ष्यका साथ सरकारले डिजिटल नेपालको समग्र‘पे्रmमवर्क’ अन्तिम चरणमा पु¥याएको छ । लामो समयको अध्ययनपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न आठ वटा क्षेत्रको पहिचान गरी त्यसलाई पे्रmमवर्कमा समेटेको हो । मन्त्रालयका अनुसार उक्त पे्रmमवर्क तयार गरेर त्यसलाई मन्त्रिपरिषद्बाटै पारित गराउन पेस गर्ने तयारी अहिले भइरहेको छ ।
फ्रेमवर्कमा खासगरीडिजिटल पूर्वाधार निर्माण, कृषि, स्वास्थ्य, पर्यटन, वित्त, सहरी पूर्वाधार जस्ता क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाउने लक्ष्य राखिएको छ । फ्रेमवर्कमा उल्लेख भए अनुसारडिजिटल नेपालका सबै काम कार्यान्वयनमा आएमा कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा प्रविधि (आईसीटी)को योगदान आठ खर्ब रुपियाँभन्दा माथि पुग्नेछ । डिजिटल नेपालको फ्रेमवर्कले लिएका लक्ष्यहरू आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा आउन लागेको १५ औँ पञ्चवर्षीय योजनामा समेत समेटिएको छ । सोही आवधिक योजनाभित्रै डिजिटल नेपालको पे्रmमवर्क कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।
राजधानीमा बिहीबार आयोजित दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को क्रममा मन्त्रालयले सूचना प्रविधिको विकास गर्दै अर्थतन्त्रमा यसको योगदान बढाउने जनाएको हो ।दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको उपयोगलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो । समृद्ध नेपालको लक्ष्य हासिल गर्न उत्पादन बढाउनुपर्ने र उत्पादनलाई प्रविधिसँग मिलाएको अवस्थामा मात्र छिटो लक्ष्य प्राप्त गर्न सकिने उहाँको भनाइ छ । ‘कम लागतमा बढी उत्पादन भन्ने सरकारको सोचप्रविधिको उपयोगबाट सम्भव हुन सक्छ’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार कास्कीको रुपा विश्वशान्ति माध्यमिक विद्यालयलाई नमुना स्मार्ट विद्यालयका रुपमा उद्घाटन गर्नुहुँदै । तस्बिर : विकास द्वारे

 

प्रधानमन्त्री ओलीले सबै नेपालीको पहुँचमा प्रविधि पु¥याउने गरी सरकारले काम अगाडि बढाइरहेको जानकारी दिनुभयो । ‘देशभरि अप्टिकल फाइबर बिछ्याएर दु्रत गतिमा इन्टरनेट पु¥याउन काम भइरहेको छ’ उहाँले भन्नुभयो । पछिल्लो समय कम्प्युटर र ल्यापटप विलासी वस्तु नभएर अनिवार्य रुपमा स्थापित भएको उहाँको भनाइ छ । यस्ता वस्तुमाथिलगाइएको करको सन्दर्भमा सरकारले नयाँ तरिकाले सोच बनाउने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा हुने विकृतिलाई हटाउने र यसलाई सही रूपमा सदुपयोग गर्न प्रयोगकर्तालाई आग्रह पनि गर्नुभयो । दिवस मनाउनुको अर्थ सरकारको डिजिटल नेपालतर्फको सङ्कल्प पनि रहेकोले यसको विकासमा सहयोग गर्न तयार रहेको उहाँले जानकारी दिनुभयो ।  कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अर्को वर्षदेखि आईसीटी क्षेत्रमा ‘प्रोजेक्ट होलिडे’ हुन नदिने बताउनुभयो । यस क्षेत्रको वास्तविक नतिजा अर्को बर्ष आउने गरी तिव्रतर गतिमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।  राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५ औँ योजनाको आधारपत्रमा सूचना प्रविधिको विकासका लागि आठ ओटा रणनीति तयार गरिएको बताउनुभयो । डिजिटल नेपालको अवधारणलाई सोही योजनाभित्र कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले डिजिटल नेपालको समग्र खाका तयार गरेर स्वीकृतिको चरणमा रहेको जानकारी दिनुभयो । यो कार्यान्वयनमा आएसँगै आईसीटीको योगदान बढ्ने मात्र नभई समग्र अर्थतन्त्रमै महत्वपूर्ण परिवर्तन आउने बताउनुभयो । अहिलेसम्म देशभर ३७७ स्थानीय तहमा मोबाइल एप प्रयोगमा आइसकेको र आगामी बर्ष सबै स्थानीय तहले यसको प्रयोग गर्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै विद्युतीय तथ्याङ्क राख्न बाँके र मोरङमा डाटा सेन्टर स्थापना योजना पनि तयार भएको उहाँले बताउनुभयो । एक हजारभन्दा बढी विद्यालयमा कम्प्युटर ल्याव स्थापनाको काम तिव्र गतिमा अगाडि बढेको उहाँले जानकारी दिनुभयो । अप्टिकल फाइबरमार्फत् देशभर तीव्र गतिको कनेक्टिभिटी पु¥याउने काम पनि सुरु हुने चरण रहेको उहाँले बताउनुभयो । प्रत्येक प्रदेशमा एउटा नमुना स्मार्ट विद्यालयको काम भइरहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा कास्कीको रुपा गाउँपालिमा रहेको विश्वशान्तिमाध्यमिक विद्यालयलाई नमुना स्मार्ट विद्यालयको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

चार विधामा आईसीटी अवार्ड दिवसका अवसरमा विभिन्न चार ओटा विधामा सरकारले अवार्ड प्रदान गरेको छ । जस अन्तर्गत उत्कृष्ट ‘आईसीटी इन्नोभेसन अवार्ड’ पाइला टेक्नोलोजीले प्राप्त गरेको छ । उक्त कम्पनीले राजधानीको दरबारमार्गमा सञ्चालित एक रेष्टुरेन्टमा रोबोटमार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै उत्कृष्ट ‘पब्लिक सेक्टर अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । निजी क्षेत्रतर्फ वल्र्डलिङ्क कम्युनिकेसनले अवार्ड पाएको छ । व्यक्तिगत तर्फ सुरेशकुमार कर्णले अवार्ड पाउनुभएको छ । मन्त्रालयले अवार्डका लागि खुला प्रतिस्पर्धा आह्वान गरी त्यस अनुसार प्राप्त आवेदनबाट उत्कृष्ट छनोट गरेको जनाएको छ ।