सुनको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

प्रकाशित मिति:

काठमाडौं – सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ७२० मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।