सुनको भाउ बढ्यो

प्रकाशित मिति:

बुटवल – बुधबार सुनको भाउ बढेको छ । मंगलवार तोलामा ५९ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधवार बढेर ५९ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधवार तेजावी सुनको भाउ ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको । चाँदीको पनि बुधवार बढेको छ । चाँदी ५ रुपैयाँले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको हो ।