काठमाडौं- बिहीवार सुनको भाउमा कुनै पनि परिवर्तन आएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ त्यस्तै तेजावी सुन तोलाको ५९ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदी तोलामा ५ ले घटेर तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












