सैनामैना रुपन्देहीको सालझण्डीबाट पाल्पाको जुठापौवा सुगुरढुंगा सडक बिस्तार सुरु भएको छ । कृषि सडकका रुपमा ट्रयाक मात्रै खुलेको सडकलाइ अहिले मोटरबाटो गुड्ने गरी बिस्तार गरिएको हो। मोटरबाटो र कालोपत्रे गर्ने कार्यको प्रदेश ५ का भौतिक पुर्वाधार बिकास मन्त्री चौधरीले उद्घाटन गर्नुभयो ।
उहाले कृषिको बजारिकरण तथा ग्रामिण पर्यटनको प्रवद्धनमा सघाउ पुग्ने बिश्वास ब्यक्त गर्दै सम्भावित रणनैतिक सडक अन्तरगत विस्तार र स्तरोन्नति थालिएको बताउनु भएको छ ।सो सडक राजमार्ग क्षेत्रबाट २६ किलोमिटर लम्बाइको रहेको र उक्त सडकलाई साढे ६ मिटर चौडाइको बनाइएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सालझण्डी देखि पाल्पाको रैनादेवी छहरा गाउपालिका र अर्घाखाचीको पाणिनी गाउपालिका हुदै गुल्मीको रुरु गाउपालिकामा जोडिने छ ।
सालझण्डी जुठापौवा सुगुरढुंगा सडक सडकमा संघीय सरकारको ससर्त अनुदानबाट ५० लाख बजेट छुट्टिएको छ । त्यसमध्ये चालु आर्थिक वर्षमा २७ लाख ३६ हजारमा भावना कन्ट्रक्सनले ठेक्का लिएको छ । यसबाट सडकको नाली काट्ने र १ हजार ८ सय क्षेत्रमा कालोपत्रे गरिने छ । आगामी आर्थिक वर्षमा सबै सडक कालोपत्रे गर्न त्यसक्षेत्रका सांसद तुलाराम घर्तीमगरले बताउनुभयो । सडक पुगेपछि उत्पादित वस्तुले उचित मूल्य र बजार पाउने उहाले बताउनुभयो । प्रदेश सांसद भुमिश्वर ढकालले लुम्बिनी आउने पर्यटकलाइ ग्रामिण क्षेत्रमा लगेर घुमाउन र बसाइ अवधी बढाउन समेत सडक उपयोग गर्ने बताउनुभयो । प्रदेश सांसद नारायण आचार्यले कृषी उत्पादन बजार ल्याउने सडक भएकाले विस्तारलाइ प्राथमिकता दिइएको बताउनुभयो ।सैनामैना पर्यटकीय नगरी भएको र यस सडकको बिस्तारले सैनामैनाको बिकासमा थप सहयोग पुग्ने सैनामैनाका प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो । बौद्धकालिन सभ्यता, एतिहासिक सम्पदा तथा पुरातात्वीकसंग प्रत्यक्ष जोडिएको सैनामैनालाइ यस सडकले थप सुबिधा सम्पन्न बनाउन सहज बनाउने बताउदै नगर प्रमुख कार्कीले सैनामैनालाइ नेपालकै नमुना नगरको रुपमा बिकास गरीने बताउनु भयो ।












