काठमाडौं- धितोपत्र बजारमा मंगलवार शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४.४२ बिन्दुले बढेर एक हजार ३१२.१४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.११ ले वृद्धि भई २७९.९१ अङ्कमा पुगेको छ ।
नेप्से परिसूचक उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको ३१ लाख दुई हजार २८४ कित्ता शेयर ८१ करोड ४४ लाख ५२ हजार २६७ मूल्यमा किनबेच भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयरको मूल्य ओरालो लागेको छ । उत्पादन ३३.३४, अन्य १.१६ र लघुवित्त ३.०५ अङ्कले घटेको छ । यस्तै बैंकिङ ०.०८, व्यापार २.७०, होटल २.५८, विकास बैंक २.४४, जलविद्युत् ६४.६०, वित्त १०.५१, निर्जीवन बीमा २८.०६, जीवन बीमा ४२ र सामूहिक लगानी कोष ०.०५ अङ्कले वृद्धि भएको छ ।












