आज बजेट प्रस्तुत हुँदै, तलबभत्ता वृद्धिका निम्ति दबाब

प्रकाशित मिति:

काठमाडौँ -सरकारले आज आर्थिक वर्ष २०७६÷७७ का निम्ति बजेट प्रस्तुत गर्दैछ । संवैधान अनुसार जेठ १५ गते बजेट प्रस्तुत बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैबीच सरकारका तर्फबाट संसदमा आज अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका बजेट प्रस्तुत गर्ने भएका हुन् ।

अर्थमन्त्री खतिवडाले दोस्रो बजेट प्रस्तुत गर्न लागेका हुन् । उनले गत वर्ष चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँ वजेट प्रस्तुत गरेका थिए ।स्रोतका अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि करिब पौने १६ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्ने भएको छ ।यसबीच ठूलो आकारको बजेट ल्याउने कुरामा अर्थविद्हरुको भने असन्तुष्टि रहेको जनाइएको छ । सरकारको खर्च गर्न सक्ने क्षमतामा ह्रास आई पुँजीगत खर्च न्यून रहेका बेला ठुलो बजेट ल्याउन नहुने विज्ञहरुको सुझाव छ ।यसपटकको बजेटमा कर्मचारीको तलबभत्ता वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धिका साथै प्रत्यक्ष र समानुपातिक संसदले खर्च गर्न पाउने रकमलगायतमा वृद्धिका निम्ति दबाब परेको अवस्था छ ।