भैरहवा-भैरहवामा प्रधान कार्यलय रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाले धकधईमा सम्पर्क कार्यालय खोलेको छ । शुक्रबार एक कार्यक्रमका बिच रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले उक्त कार्यालयको उदघाटन गरेका हुन ।
भैरहवाबाट मात्रै सेवा दिदै आएको सहकारीले ग्रामीण क्षेत्रका बासीन्दा तथा शेयर सदस्यलाइर्ए सुविधा दिने उद्देश्यका साथ धकधईमा सम्पर्क कार्यलय स्थापन गरिएको संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले बताए । उनले मूख्य कार्यालयबाट पाईने सम्पूर्ण सेवा सम्पर्क कार्यालयबाट लिन सकने जनाए । कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले तिव्र आर्थिक बिकास तर्फ अग्रसर भै रहेको धकधईमा बित्तिय संस्था खुल्दै जानु गाउँपालिकाको लागी सकारात्मक भएको बताए ।

उनले अहिले बैंकहरु स्थानिय जनताको पहुँचमा नभएको अवश्थामा सहकारीलाई ग्रामीण जनतामैत्री हुन सुझाव समेत दिए । बैंकहरु बिभिन्न बहानामा कृषकलाई ऋण दिन आनाकानी गरि रहेको अवश्थामा सहकारीहरुले उनिहरुको समस्या सम्बोधन गर्नु पर्ने उनले धारण राखे । ७ लाख सम्मको दुर्घटना बिमा, २ लाखको जिवन बिमा, ५० हजारको मेडिकल बिमा लगायतको सुविधा सहित सञ्चालन भई रहेको हिमचुली भैरहवा क्षेत्रमा लोकप्रिय रहेको छ । २०६४ सालमा स्थापना भएको सहकारीमा ५ सय ४२ जना शेयर सदस्य रहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक अनुराग गुप्ताले जनाए । उनले ११ किसिमको बचतबाट १० करोड जम्मा गरेको छ भने ९ किसिमको ऋणबाट साढे १४ करोड लगानी गरेको बताए । १८ करोड १ लाख ६ हजार २० रुपैया कुल कारोबार रहेको संस्थाको शेयर पूंजि ६ करोड रहेको उनले बताए ।
उनले धकधई सम्पर्क कार्यालयबाट मासिक बचत संकलन, शेयर बितरण मात्र नभई बिभिन्न रेमिट्यान्स सुविधा, बिद्युत, खानेपानीको बिल भुक्तानी लगायतको सुविधा प्रदान गर्ने बताए । हिचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णको अध्यक्षता, रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय समाजसेवी शैलेन्द्र उपाध्याय, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्र, रामनरेश माविका पूर्व प्रधान अध्यापक तारानाथ त्रिपाठी, संस्थाका पूर्व अध्यक्ष सम्साद मुसलमान, सल्लाहकार परशुराम पराजुली, लेखा समिति सदस्य दिपक घिमिरे, युनिह होम्स बिद्यालयका मनोज कुमार यादव लगायतले बोलेका थिए । संस्थाका सचिव अम्बिका तिवारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बेचन प्रसाद गुप्ताले स्वागत मन्तब्य राखेका थिए ।












