अब बुटवलमा यामाहा एफ जेट एस एफआइ भि थ्री -FZsfiv3

प्रकाशित मिति:

यामाहाको आधिकारिक विक्रेता एमए डब्यू इन्टरप्राइजेजले बुटवलको विक्रेता बुटवल बाइकर्स प्रालीमा रोड शो कार्यक्रमको आयोजना गरी एफ जेट एस एफआइ भि थ्री -FZsfiv3 मोटरसाइकल को विक्री वितरण शुरु गर्न लागेका बुटवल बाइकर्सका सेल्स म्यानेजर पारस मरासिनीले जानकारी दिए र्। मोटरसाइकलको लन्च सांस्कृतिक कार्यक्रमबाट गर्दैछौं , उनले भने , गायक द्धय अल्मोडा राना र धर्मेन्द्र सेवानको विशेष प्रस्तुती रहनेछ ।’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने उनले जनाए । कार्यक्रम बुटवल बाइकर्स रहेको स्थान मिलनचोकमा हुनेछ ।