भीरकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम

प्रकाशित मिति:

भीरकोट /भीरकोट नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । वडा नम्वर ८ लामाखेत सिंचाई कुलोको मर्मत गर्दै नगर प्रमुख छायाराम खनालले कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रम अन्तर्गत उपलव्ध भएको रु १ लाखले पहिलो चरणमा रोजगार मुलक काम शुरु गरिएको नगरपालिकाका रोजगार संयोजक वसन्त वस्नेतले जानकारी दिनुभयो । (आधिखोला खबर बाट साभार )