सुनकाे मूल्य एक हजार बढ्यो

प्रकाशित मिति:

काठमाडौं – बिहीबार नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । आज सुनको मूल्य एक हजारले बढेको हो । बुधबार ६३ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार ६४ हजार रुपैयाँमा कारोबार भएको छ। तेजाबी सुनको मूल्यसमेत हजार रुपैयाँ नै बढेको छ ।

बुधबार ६२ हजार ७ सय ५ रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ६३ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।