आइफामा सरकारी खर्च नहुने

प्रकाशित मिति:

काठमाडौँ – नेपाल पर्यटन बोर्डले नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय भारतीय चलचित्र अवार्ड (आइफा) मा सरकारले कुनै आर्थिक भार व्यहोर्न नपर्ने स्पष्ट पारेको छ । काठमाडौँमा आयोजना हुन लागेको आइफा अवार्डबारे सामाजिक सञ्जाललगायत विभिन्न क्षेत्रबाट टीकाटिप्पणी हुन थालेपछि बोर्डले आइबार पत्रकार सम्मेलन गरी आइफा अवार्डबारे आफ्नो धारणा सार्वजनिक गरेको हो ।

कार्यक्रममा लाग्ने नगद तथा अन्य सौजन्य लगायतका खर्चको विषयमा अझै टुङ्गो लगाउन बाँकी रहे पनि राष्ट्रिय ढुकुटीबाट सो खर्च नहुने बोर्डले जानकारी गराएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विज्ञप्ति जारी पर्यटन बोर्ड तथा अन्य व्यावसायिक संस्थाको संयुक्त पहल आयोजना आइफा अवार्ड हुन लागेको स्पष्ट पारेको छ ।