काठमाडौँ –बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ । व्यवसायीहरुका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ ।
त्यसैको प्रभाव नेपाली बजामरा पनि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रति तोला २ सय रुपैयाँले घटेर ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन पनि घटेर ६४ हजार प्रतितोलामा कारोबार भएको छ । तर चाँदी भने स्थिर रहँदै ७ सय २० रुपैयाँमा कारोबार भएको छ ।












