चितवन । कान्तिपुर पब्लिकेशनको करोडपति योजना ३ अन्तर्गत साप्ताहिक बिजेता चितवन उद्योग संघलाई एकलाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरियो । कान्तिपुर पब्लिकेशनका क्षेत्रीय प्रमुख नवराज मिश्रले चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीलाई चेक हस्तान्तरण गर्नुभएको हो ।
कान्तिपुरको करोडपति योजना ३ अन्तर्गतको साप्ताहिक बिजेताको चेक ग्रहण गर्दै चितवन उद्योग संघका अध्यक्ष मिडियाले आयोजना गरेको यस्ता खाले कार्यत्र मले व्यक्तिदेखि समाजको आर्थिक गतिविधिमा प्रभाव पार्ने र पब्लिकेशनले गरेको योजना वास्तवमै प्रभावकारी भएको बताउनुभयो । राष्ट्रकै परिचित र ठूलो मिडियाको रुपमा पहिचान दिन सफल कान्तिपुर पब्लिकेशन आगामि दिनमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका कार्यसमिति सदस्य युग राज वस्ती, प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।












