बीमा अभिकर्ता खारेजको बिरोधमा आन्दोलन

प्रकाशित मिति:

काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिमा बीमा अभिकर्ता खारेजको बिरोध गर्दै बीमा अभिकर्ताहरुले आन्दोलन गर्ने भएका छन् । देशैभरिका बीमा अभिकर्ताहरुको छाता संगठन पेशागत बीमा अभिकर्ता संघले केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत हटाएको बैंकास्योरेन्स फिर्ता गरेर आन्दोलन गर्ने भएका छन् ।

बैंकले मौद्रिक नीतिमा अभिकर्ता खारेज सम्बन्धी व्यवस्थालाई सच्याउनु पर्ने माग गरेको संगठनका अध्यक्ष नन्द प्रसाद तिवारीले जानकारी दिएका छन् ।राष्ट्र बैंकले अघि सारेको कदमले आफूहरुको अधिकार खोसेकाले आन्दोलनमा उत्रिन बाध्य हुने अवस्था आएको उनको भनाइ छ । राष्ट्र बैंकले विकृति रोक्न ऋणीलाई तथा सामूहिक ऋण लगानी गर्दा मात्रै बैंकमार्फत इन्स्योरेन्स गर्न पाइने व्यवस्था गरेपछि बैंकर्स संघ र विकास संघसमेत उक्त व्यवस्था फिर्ता गर्न माग गर्दै आन्दोलनमा छन् । – खबरहब