मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न वित्तिय संस्थाहरुलाई अर्थमन्त्रीको निर्देशन

प्रकाशित मिति:

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गरेका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि शेयर बजारमा लगानी वृद्धि गर्न वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन् । कर्मचारी सञ्चय कोषको ५८औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व कायम भएकाले शेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको स्मरण गराए ।

शेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिए । उनले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।