सनराईज बैँक मणिग्राम शाखाद्धारा वृक्षारोपण

प्रकाशित मिति:

बुटवल – सनराईज बैंक लिमिटेडको आफ्नो १२ औै वाषिकौत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलोत्तमामा रहेको मणिग्राम शाखाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थराजमार्गको मणिग्राम चोकको सडकको बिचमा आज विभिन्न प्रजातिका करिब ५० वटा विरुवाहरु बृक्षारोपण गरिएको शाखा प्रबन्धक एवम् कार्यक्रम संयोजक अरुण पाण्डेले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रममा विरुवा रोप्दै तिलोत्तमा नगरपालिका वडा नं ५ का वडाध्यक्ष चेत नारायण भण्डारीले पालिकाले ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको अभियानलाई अगाडि बढाएकोले यसमा सबैको सहयोग आवश्यक हुने बताउँदै ब्यक्तिगत, सामूहिक वा संस्थागत रुपमा बृक्षारोपण गर्नुपर्ने कुराको चेतनाको विकास समेत भएको बताउनुभयो । बृक्षारोपण भईरहँदा वातावरण संरक्षणमा सकारात्मक भुमिका खेलेको उल्लेख गर्नुभयो । वडाध्यक्ष भणडारीले वडालाई हरियाली बनाउने योजना रहेको बताउँदै विरुवा रोप्ने मात्र नभई यसको रेखदेखमा पनि महत्वपुर्ण भुमिका खेल्नेुपर्ने बताउनुभयो ।

बृक्षारोपण कार्यक्रममा मणिग्राम शाखाका कर्मचारी,लुम्बिनी नर्सरी एण्ड गार्डेनका रमेश पाण्डे लगायतको सहभागिता रहेको थियो । यसैगरी लुम्बिनी नर्सरी एण्ड गार्डेनले बिरुवाको रेखदेखमा सहयोग गर्ने बैँकले जनाएको छ । सनराइज बैन्क को १२ औ बार्शिक उत्सब को अबसर मा प्रदेश न ५ मा , रक्तदान , बृक्षारोपण , बित्तीय साक्षरता, सर्सफाइ , डेङु सचेतना , छात्रवृत्ति लगायत को दर्जन कार्यक्र्म गरि भब्यताका साथ यो असोज महिना भरी मनाइरहेको छ भने २५ गते बिभिन्न्न शहर हरु मा र्याली को आयोजना गरिएको छ  ।