भैरहवा – कर भ्याट तथा भिसिटिएस सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आज भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना र राजश्व अनुसन्धान कार्यालय बुटवल, आन्तरिक राजश्व कार्यालय भैरहवाको सहकार्यमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सरकारले आ.व.२०७६÷०७७ देखि लागुहुने गरि ल्याएको कर भ्याट तथा भिसिटिएस ऐनको बारेमा व्यवसायीहरुलाई प्रष्ट पार्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपाने बताए । कर र भ्याट सम्बन्धी व्यवसायीका जिज्ञासालाई आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत मदनबहादुर केसीले सम्बोधन गरेका थिए भने भिसिटिएस सम्बन्धी राजश्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत नबराज अधिकारीले सहजिकरण गरेका थिए ।










