बुटवल, भाद्र, १७ \आफ्नो बार्षिक कार्यक्रम अन्तरगत नेपाल बन पैदावर उद्योग व्यवसायी संघ रुपन्देहीले निलकण्ठ बाबाधाम बुटवल उपमहानगरपालिका ७ मा बृक्षारोपण गरेको छ । समाजमा सामाजिक कार्य पनि गर्नु पर्छ भन्ने मान्यता बोकेर पवित्र धार्मिक स्थल धामलाई हरियाली बनाउने उद्देश्य सहित संघले फलफुलका बिरुवा रोपेको संघका जिल्ला कोषाध्यक्ष हरि क्षेत्रीले बताउनु भयो ।
सो अवसरमा आप, अम्बा, जामुन, सुपारीका ४३ वटा बिरुवा रोपिएको बृक्षारोपण कार्यक्रमका संयोजक एवं संघका सदस्य कुसुम ज्ञवालीले जानकारी दिनु भयो । संघले हरियाली प्रर्वद्धन अन्र्तगत बृक्षारोपण गर्दै आएको उहाले बताउनु भयो ।
निलकण्ठ बाबा धामकी संरक्षक देवमाया भट्टराईको प्रमुख आतित्यथामा भएको कार्यक्रमको उद्दघाटन उहाले आपको बिरुवा रोपेर गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाले धाममा बिकाश निर्माणको काम भइरहेकाले सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सहयोग गर्न आग्रह गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका संघका अध्यक्ष छबिलाल अधिकारीले उद्यलेगि व्यवसायीहरुले बनपैदावारको उपभोग मात्र बढाउनु नभई यसको संरक्षणलाई समेत ध्यान दिने काममा ध्यान दिदै आएको एउटा उदाहरण विक्षारोपण कार्यक्रम रहेको जिकिर गर्नु भयो । संघका महासचिव नरबहादुर श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएकोे थियो ।










