आज कति छ सुनको मुल्य ? जान्नुहोस्

प्रकाशित मिति:

काठमाडौं – आज सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार १०० मा कारोबार भैरहेको छ । सुन संगै चाँदीको मुल्यमा पनि सामान्य बृद्धि भएको छ । आज चाँदी प्रतितोला ८५० मा कारोबार भैरहेको छ ।