ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजमा विशेष छुट

प्रकाशित मिति:

काठमाडौं-  कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा सात प्रतिशतसम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौताअनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा सात प्रतिशतसम्म छुट दिनेछ ।

सम्झौतामा बैंकका बजार तथा व्यवसाय प्रबर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजकातर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एलइमामले हस्ताक्षर गरेका हुन् । हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागु हुनेछ ।