नेपाल डेरी एशोसीयसन प्रदेश ५ को साधारण सभा सम्पन्न:दुधको विविधिकरणमा जोड

प्रकाशित मिति:

बुटवल/नेपाल डेरी एशोसीयसन प्रदेश ५ को दोस्रो साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले दुग्यजन्य बस्तुको विविधकरणमा विशेष जोड दिनुभयो । उहाँले नेपालले विश्व व्यापार संगठनको सदस्य बनेको कारण विस्तारै विदेशी बहुराष्ट्रिय कम्पनीहरुको लगानी नेपालमा बढ्दै गएको कारण उनीहरु संग प्रतिष्पर्धा गर्ने गरी सोही अनुसारको बस्तु उत्पादनमा जोड दिनुभयो । नेपाल डेरी एशोसीयसनको अवको ध्यान भनेको दुग्ध सृङ्गखला विकासमा हुनुपर्ने धारणा उहाँको थियो । कार्यक्रममा बोल्दै सचिव सुवेदीले दुध उत्पादन मात्रै नभएर अव दुधको विविधकरण, गुणस्तरितामा विशेष ख्याल गरी सोही अनुसारको विदेशी बस्तुहरुसंग प्रतिष्पार्धा गर्ने खालको हुनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो–‘बाहिरको ल्याउनु दिदैनौ भन्दा पनि हामी उनीहरु जतिकै प्रतिष्पार्धा गर्न सक्छौं भन्ने तर्फ व्यवसायीहरुको दृण संकलप्न हुनुपर्दछ । ’

कार्यक्रममा बोल्दै पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय प्रदेश ५ का प्रमुख तुलसीराम भण्डारीले नीजि क्षेत्रको योगदान दुग्ध क्षेत्रमा अत्यात्नै महत्पूर्ण रहेको बाउनुभयो । कार्यक्रममा बोल्दै उहाँले नेपालमा पशु विकास आयोजना लागू भएपयिछ सहकारको पैसा गाउँमा र गाउँको उत्पादन सहरमा हुने गरी विकास भएको यो योजना अहिले पनि सोहीले निरन्तरता पाएको बताउनुभयो । साना डेरीहरु, मझौला डेरी र ठुला डेरी गरी नेपालमा अहिले ३ प्रकारका डेरीहरु रहेको भन्दै उहाँले डेरी उद्योग सञ्चालकहरुले विशेषगरी खाद्या पद्धार्थको सुद्धता, गुणस्तरियतामा जोड दिनुपर्ने बताउनुभयो ।बजारीकरणमा विशेष ध्यान दिनुपर्ने भन्दै भण्डारीले बजारमा जाँदा लेवलिङ्ग, मुल्य , गुणस्तरियता, लगायतमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का पशुपंक्षि विकास महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलले नीजीक्षेत्रका डेरी व्यवसायीहरु अव एक्ला एक्लै भन्दा पनि सामुहिक भावनाले विकास गरी सोही अनुसारको अन्र्तराष्ट्रिय स्तरमा प्रतिष्पार्धा हुने खालको दुग्धजन्य उत्पादनमा विशेषष् ख्याल गर्नुपर्ने बताउनुभयो । यस्तै नेपाल डेरी एशोसीयसनका केन्द्रीय कोषाध्यक्ष दयानीधी भण्डारीले वित्तीय पहुँचमा किसानहरुको अहिले पनि सहभागीता न्युन रहेको भन्दै अनुदान लगायत अनुदानको ऋण प्रदानगर्दा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।यस्तै भणडारीले हरेक किसानहरुको विमा सरकारी क्षेत्रबाट हुनुपर्ने भन्दै यसमा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै नेपाल डेरीएशोसीयसनका प्रदेश ५ संयोजक खिम प्रसाद भटराई(कृष्ण)ले किसानहरुकोसमस्या समाधानको लागि नेपाल डेरी एशोसियनसनले विशेष भुमिका खेलेको भन्दै अव एकल रुपमा नभई सामुहिक भावनाले सोही अनुसारको व्यवसाय विस्तार गर्नको लागि आफुहरु प्रतिवद्ध भएको बताउनुभयो ।