पञ्चज्योतीको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

सुर्खेत – पञ्चज्योती बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा बिहीवार सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथी तथा पुर्व जलस्रोत सहायक मन्त्री बिनोद कुमार शाहले समाजको विकासका लागि सहकारीको महत्वपुर्ण भुमीका रहने बताए । ‘समाजमा विभिन्न वर्ग र क्षेत्रका मासिहरु हुन्छन्, उनीहरुको जिवनस्तर माथि उकास्नका लागि सहकारीको विशेष भुमीका रहन्छ ।’ उनले भने, सहकारीलाई आर्थिक कारोबार गर्ने माध्यम मात्र नभई सामाजिक विकासका रुपमा लिन आवश्यक छ । सहकारीबाट लिएको ऋणले आम्दानी हुने व्यापार व्यवसाय गनुपर्नेमा मन्त्री शाहको जोड थियो ।

३१ लख ७७ हजार शेयरपुजी भएको सहकारीमा १ करोड ३ लाख २३४ हजार ८ सय ८४ रुपैयाँ बचत संकलन तथा फिर्ता रहेकोछ । यस्तै १ करोड १७ लाख ८१ हजार ७ सय २३ रुपैयाँ ऋण लगानी तथा असुली गरेको छ । कार्यक्रमा विषेष अतिथी प्रदेश सहकारी संघ अध्यक्ष हरिहर नाथ योगी, आठविस नगरपालकिाका प्रमुख खड्ग राज उपाध्याय लगायतको उपस्थिती रहेको थियो । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गदै संस्थाका अध्यक्ष बिनी बहादुर शाहीले धैरै मेहनत र थौरै सदस्यहरुबाट स्थापना गरिएको सहकारीले अहिले समाजमा उदाहरणीय काम गरेको बताए । वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सस्थाकी कोषाध्यक्ष सपना केसीले सहकारी अभियानलाई साथ दिंदै विभिन्न समस्या संग जुझ्दै शेयर सदस्यहरुको आर्थिक तथा जिविकोपार्जनमा महत्वपुर्ण भुमिका रहेको बताइन् ।

संस्थाको कार्यक्षेत्र विस्तार गर्दै गाउँ–गाउँमा आर्थिक तथा सामाजिक विकास गर्नका लागि व्यवसायिक क्षेत्रमा सहकारीले महत्वपुर्ण भुमिका खेल्ने योजना बनाएको कार्यसमिति सदस्य महेश नेपालीले बताए । यस्तै साधारण सभाले खगेन्द्र बहादुर शाहीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सपना केसी, कोषाध्यक्षमा टिकाराम विक। सचिवमा मिना कुमारी विक, सदस्यहरुमा महेश नेपाली, टिकाराम खड्का र बिष्णु रोकाय चयन भएका छन् । साथै पुष्प प्रसाद उपाध्यको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरिएको छ ।