सामूहिक सहकारीमा बर्माको नेतृत्व

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – तिलोत्तमा नगरपालिका वडा नं. ३ मा रहेको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको अध्यक्षमा सुरेन्द्रकुमार बर्मा निर्बिरोध चयन हुनु भएको छ । उपाध्यक्षमा लक्ष्मण ज्ञवाली चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा टेकराज भण्डारी, माया उपाध्याय धिमिरे, नेत्रलाल वन, विष्णुहरी पन्थी, भुवनेश्वर अर्याल, हिरामाया थापा, मिनप्रसाद पोख्रेल, रेश्मीराज पाण्डे, भुमीलाल सापकोटा, गंगा खरेल, राजकुमार गिरी, मीना भण्डारी, कमला ज्ञवाली रहनु भएको छ । यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा लक्ष्मण अर्याल रहनु भएको छ । जसको सदस्यमा नरेन्द्रप्रसाद पाण्डे र भुवन आचार्य चयन हुनुभएको छ ।

सहकारीको शनिवार भएको २५ औँ साधारण सभा तथा अधिवेसनले ४ वर्षका लागि निर्विरोध रुपमा १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरेको हो । सहकारीको कूल सम्पत्ति रु २ अर्व ३० करोड रहेको छ । शेयर पूँजी १७ करोड २३ लाख, निक्षेप १ अर्व ७७ करोड, ऋण लगानी रु १ अर्व ८० करोड रहेको छ । संस्थाले गत आर्थिक वर्षमा रु. ७ करोड १७ लाख संचालन मुनाफा आर्जन गरेको थियो । ७ हजार ५३ जना शेयर सदस्य रहेको सहकारी कारोवारको हिसावले प्रदेश नं. ५ कै सवैभन्दा ठूलो सहकारी हो ।