काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थीर छ ।
सुन आज पनि प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी आज पनि प्रतितोला आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।












