कञ्चन/काठमाण्डौमा केन्द्रिय कार्यलय रही देशका बिभिन्न स्थानहरुमा शाखा सेवा बिस्तार गरी बित्तिय कारोबार गर्दै आइरहेको कामना सेवा बिकास बैंकले ११३ औं शाखाको रुपमा रुपन्देहीको कञ्चन गाउपालिकामा शुक्रबार शाखा बिस्तार गरेको छ ।बैंकको शाखा कार्यलय उद्धघाटन गर्दै प्रदेश नं। ५ रुपन्देही क्षेत्र नं। ५ ९क का सांसद भुमिश्वर ढकालले ग्रामिण क्षेत्रमा बिकास बैंकहरुको बिस्तारले बैंक सम्मको पहुंच नपुगेका जनताहरुको लागि बरदान साबित हुने बताउनु भएको छ।अव कञ्चनमा बैकहरुको बिस्तार हुदैछ र बैंकहरुको बिस्तारले आम जनतालाई सबैभन्दा राम्रो बैंक रोजेर कारोबार गर्न सहज बनाउने बिश्वास गर्दै कामना सेवा बिकास बैंकले कञ्चनमा संचालन हुने शाखाबाट जनतालाई सहजरुपमा बैंकको पहुंच पुर्याउन सवल हुने कुरामा बिश्वास ब्यक्त गर्नु भएको छ ।वहाले भन्नु भयो बैंकहरु नफामुखी हुन्छन र नाफाकै लागि संचालन हुने बैंकहरुले नाफाकै लागि आफ्नो कारोबारलाई सहज त बनाउनै पर्छ तर त्यस भन्दा पनि कामना सेवा बिकास बैंकले यस क्षेत्रमा आफ्नो शाखा बिस्तार गर्दै गर्दा यस आफ्नो सामाजिम उत्तरदाियत्व बहन गर्नमा समेत पछि पर्नेछैन ।
कामना सेवा बिकास बैंकका संचालक समितिका सदस्य तथा शाखा बिस्तार कार्यक्रमका अध्यक्ष भिम प्रसाद तुलाचनले कामना सेवा बिकास बैंक नाम अनुसार यस क्षेत्रका ग्राहकहरुको बैंकिङ सुबिधाको लागि सहज बनाउन कञ्चनमा शाखा बिस्तार गरिएको बताउनु भएको छ।बैंकका ग्राहकहरु कञ्चनका समेत धेरै भएको र बैंकबाट सेवा लिनसालझण्डी र बुटवल जान आउन असहज हुदै गएकोले कञ्चनवासीकै सुबिधालाई मध्यनजर गरी बैंकको शाखा बिस्तार गरिएको कञ्चन र गैडहवा अनि कपिलबस्तु बाणगंगा समेतका ग्राहकहरुलाई कामना सेवा बिकास बैंकले बैंक पहुच उपलब्ध गराउने बताउनु भएको छ।बैंकका सहायक प्रबन्धक तुलसी प्रसाद आचार्यको स्वागतमा शुभारम्भ भएको शाखा कार्यलय उद्धघाटन कार्यक्रमको संचालन नायब प्रबन्धक खिमलाल भुषालले संचालन गर्नु भएको थियो ।२ लाख ७५ हजार ग्राहक संख्या भएकोकामना सेवा बिकास बैंकको अहिले सम्म २८ अर्ब निक्षेप र २३ अर्व कर्जा प्रबाह रहेको कञ्चन शाखाका ब्यबस्थापक बासु पोख्रेलले जानकारी दिनु भएको छ भने यस बैंकले कृषि कर्जा,ब्यबसाय कर्जा,आवास कर्जा,हायरपर्चेज र लघु कर्जा गरी बिभिन्न क्षेत्रमा कर्जा बितरण गर्दै आइरहेको छ ।












