औद्योगक प्रर्दशनीमा दर्शकको भिड

प्रकाशित मिति:

 

बुुटवल । बुटवलमा जारी तेश्रो राष्ट्यि औद्योगिक प्रर्दशनी तथा व्यापार मेलामा दर्शकको चाप दिन प्रतिदिन वढेको छ ।

पाचौ दिन सम्म करिव ३ करोड ५० सम्म कारोवार भएको मुल आयोजक समितिका संयोजक तथा उद्योग व्यापार संघ बुटवल रुपन्देहीका अध्यक्ष प्रविण पाठकले जानकारी दिए ।

उनका अनुसार मंगलवार ५० लाख वढिको कारोवार भएको छ । अहिले सम्म मेलामा ६० हजार भन्दा वढि दर्शकले मेलाको अवलोकन गरिसकेका छन । मंगलवार मात्र १५ हजार भन्दा वढिले प्रर्दशनीको अवलोकन गरेका छन ।

विजया दशमी नजिकिदै गर्दा मेला स्थालमा राखिएको दशै बजारमा दर्शक तथा उपभोक्ताहरुको भिड लागेको हो । दशै बजारमा बजारको तुलनामा गुणस्तरीय तर सस्तो मुल्लमा दैनिक उपभोग्य खाद्य बस्तुको विक्रि वितरण भएको प्रचार प्रसार संयोजक नेत्र रुचालले जानकारी दिए ।

जुम्लाको मार्सि चामल प्रतिकेजी २ सय २५, चिनी प्रतिकेही ५८ रुपैया जुम्लाको आलु प्रतिकेजी ५० रुपैया, जुम्लाको स्याउ १ सय ४०, मार्फाको स्याउ १सय ४० रुपैया प्रतिकेजी विक्रि भएको आयोजकले जनाएका छन । दशै बजारमा आयोजकलाई चिनी, स्याउ, मार्सि चामल पु¥याउन हम्मे हम्मे भएको छ । अहिले सम्म चिनी ७ टन, स्याउ जुम्ला ७ टन, मार्फा स्याउ साढे १ टन मार्सि चामल एक टन विक्रि भईसेकेको संघका महासचिव तथा सचिवालय वस्थापन उपसमितका संयोजक केशव श्रीसले जानकारी दिए ।

‘ चिनी मात्रै दैनिक १ टन भन्दा वढि विक्रि भईरहेको छ, । उनले भने– उपभोक्तालाई पुराउनै हम्मे हम्मे भएको छ ।’ चिनिको माग उच्च भएपछि आयोजकले टिकटको आधारमा एउटा टिकटको अर्थकट्टीको २ केजी चिनि उपलव्ध गराएको छ । चिनी प्रतिकेही ५८ रुपैयामा उपलव्ध गराईएको छ । बजार भाउ भन्दा २० रुपैया भन्दा कममा चिनी पाएपछि उपभोक्ताहरुबाटचिनीको माग वढेको हो ।

दैनिक उपभोग्य वस्तुको लागि खाद्य पेभिलियन, दशै बजारको लागि दशै स्पेशल पेभिलियन, अटो पेभिलियन, कृषि पेभिलियन, गार्मेट पेभिलियन, सूचना प्रविधि पेभिलियन राखिएको छ । प्रर्दशनीका ४ सय १५ स्टल रहेका छन । दैनिक रुपमा कारोवार वृद्धि भएकाले स्टलधनी पनि उत्साहित भएको छन ।

दशै वजार , फुटवेयर, गार्मेट लगायतका स्टलमा कारोबार राम्रो रहेको सम्वन्धीत स्टल धनिले बताएका छन । सांस्कृतीक कार्यक्रमले पनि दर्शकको मन तानेको छ । मंगलवार डिजे अमितको प्रस्तुती, डेनेभो विट कन्टेक्स, विविध सांस्कृतीक कार्यक्रम, डान्स आईडल टप ६ को प्रस्तुती रहेको सांस्कृती संयोजक सिताराम रसाईलीले जानकारी दिए । मंगलवार लोकदोहरी गायीका विष्णुमाया श्रीपाली र आधुनिक गायक अक्सर अलीले दर्शकलाई छमछमी नचाएका थिए । सांस्कृतीक संयोजक रसाईलीका अनुसार वुधवार चर्चित गायक शिव परियारको विशेष प्रस्तुती रहने छ भने गायीका सरिता पन्थीको प्रस्तुती रहने छ ।

जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेको उक्त प्रर्दशनी प्रर्दशनी २८ गते सम्म संचालन हुनेछ । प्रर्दशनीमा ३ लाख भन्दा वढिलाई अवलोकन गराउने र २० करोडको कारोवार हुने आयोजकले जनाएका छन ।