सुन प्रतितोला तीन हजार रुपैयाँले घट्यो

प्रकाशित मिति:

काठमाडौं – केही दिनदेखि लगातार बढीरहेको सुनको मूल्य शुक्रबार प्रतितोला तीन हजार रुपैयाँ घटेको छ । सुनको मूल्य घटेर प्रतितोला ७८ हजार पाँच सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुनको मूल्य शुत्रmबार ७८ हजार २ सय रुपैयाँ कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८१ हजार २ सय रुपैयाँ कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि घटेको छ । बिहीबार ८ सय ६० रुपैयाँमा प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ४० रुपैयाँले घटेर ८ सय २० रुपैयाँ तोकिएको छ।