बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बंैक लि.ले रुपन्देहीको सालझण्डीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सैनामैना नगरपालिका वडा नंंं १० सालझण्डी चोकमा सोमबारदेखि सञ्चालनमा आएको यो शाखा बैंकको ७० औं शाखा हो । सैनामैना नगरपालिकामा यसअघि मुर्गिया बजारमा पनि बैंकको शाखा सञ्चालनमा रहेको छ । सैनामैना नगरपालिकाका पश्चिम क्षेत्रका नगरवासीलाई लक्षित गरी सालझण्डीमा शाखा स्थापना गरी बैंकिङ कारोबार शुरु गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले बताए ।
प्रदेश ५ मा केन्द्रीय कार्यालय रहेका तीनवटा विकास बैंकहरु मिलेर राष्ट्रियस्तरको विकास बैंक बनेको शाइन रेसुंगाले संघीय राजधानी काठमाडौंसहित सातवटै प्रदेशका मुख्य शहरमा निकट भविष्यमै शाखा कार्यालय स्थापना गर्ने तयारीमा रहेको बैंकका नायब महाप्रबन्धक सार्जन भट्टराईले बताए । अधिकृत पूँजी ५ अर्ब र जारी पूँजी दुई अर्ब ६२ करोड रहेको बैंकको प्रदेश ५ का १० तथा बागमती र गण्डकी प्रदेशमा एक–एक गरी गरी १२ जिल्लामा ७० वटा शाखा र एक एक्सटेन्सन कार्यालय तथा चार लाख जना भन्दा बढी ग्राहक रहेका बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिए ।