रामु भूषाल /नवलपारसी-बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै नेपालमा पनि सावधानी अपनाउन र सो रोग नेपालमा भित्रिन नदिनका लागी सरकारले चालेका कदमहरु मध्य गत चैत्र ११ गते देखि देशभरी नै लकडाउन घोषणा गरे देखी विभिन्न उधोग, कलकारखाना, लगाएत जनजिवन प्रभावित भएसंगै कृषि ब्यवसायमा पनि असर देखिएको छ ।
यसैबिच नेपाल सरकारले विभिन्न स्थानिय तहहरुमा कृषिका छुट्टाछुट्टै पकेट क्षेत्र घोषणा गरी कार्यन्वनमा ल्याएसंगै त्यस स्थानिय तहका किसानहरु सो खेति तर्फ आर्कषण भैरहेको अवस्थामा लकडाउनले गर्दा पश्चिम नवलपारसीका केरा खेती गर्ने किसान बजार नपाउदा चिन्तित भएका छन । जिल्लाको प्रतापपुर, सुस्ता, लगाएतका स्थानिय तहमा केरा खेती हुदै आइरहेकोमा लकडाउनका कारणले केरा खेती गर्ने किसानहरु बजार पाएका छैनन । जिल्लामा सयौँ विघामा करोडौको लगानीमा गरिएको केरा खति यती बेला बर्षायाम अगावै केरा किसानहरुले बजारमा बेच्न गरेको पाइएपनि लकडाउनले गर्दा आफुहरु यतिकै केही नगरि बस्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन ।
एक स्थानिय तहबाट अर्को स्थानिय तहसम्म आफ्नो उत्पादन लैजान नसकेको र आफ्र्नै गाउठाउमा उत्पादन भएका केरा खपत हुन नसकेपछि करोडौ लगानी लगाइएको केरा ब्यवसाय धरापमा पर्ने संकेत देखिएको बताएका छन । लकडाउनको बेला अन्य दैनिक उपभोग्य सामाग्रि मध्य हरीयो साग सब्जी किसानहरुले गाउ गाउमै घुमी बेचे पनि फलफुल जन्य केरा भने बिक्रि हुन नसकेको र यस तर्फ कसैको पनि ध्यानाकर्षण हुन नसकेको अगुवा किसान रामबृक्ष यादवले बताएका छन । यो समय केरा किसानहरुले लगाएको केरामा मल र औषधि हाल्ने समय भएपनि लकडाउनको प्रभावले गर्दा सहज रुपमा मल र औषधी समेत नपाउदा आफ्नो उत्पादन घट्ने भन्दै किसानहरु थप चिन्तीत भएका हुन । यस क्षेत्रमा समुहगत वा ब्यक्तिगत रुपमा सयौं बिघाहामा लागाईएका केरा खेतीको उत्पादनलाई कसरी बजारीकरण गर्ने भन्ने चिन्ता ब्यक्त गर्दै केरा उत्पादक संघ पश्चिम नवलपरासीका बरिष्ठ उपाध्यक्ष सुदामा कोइरीले सरकारले यस विषयमा चासो राख्नुपर्ने र आफुहरुको उत्पादनलाई बजारिकरणको लागी सहजिकरण गरिदिनु हुन समेत आग्रह गर्नुभएको छ ।