कोरोना विरुद्धको अभियानमा अग्रपंतिमा रहेर काम गर्नेलाई कोरोना विमा गर्ने देवदह नगरपालिकाको निर्णय
प्रकाश न्यौपाने
बुधबार, जेष्ठ ८,
देवदह । कोरोना विरुद्धको अभियानमा अग्रपंतिमा रहेर काम गर्नेलाई जनप्रतिनिधि, पत्रकार, कर्मचारी, एम्वुलेन्स चालक र प्रहरीको कोरोना विमा गर्ने भएको छ । जेष्ठ ७ गते बुधबार नगरपालिकाले स्थानीय सम्पूर्ण जनप्रतिनिधि, देवदह क्षेत्रमा क्रियाशिल पत्रकारहरु, नगरपालिकाका सम्पूर्ण कर्मचारी, देवदह प्रहरी चौकीका प्रहरी र देवदह क्षेत्रमा संचालनमा रहेका एम्वुलेन्स चालकहरुको कोरोना विमा गर्ने निणर्य भएको नगर प्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनु भयो । उहाका अनुसार नगर भित्र रहेर कोरोनाको जोखीममा पनि अग्रपत्तिमा रहेर काम गर्नुपर्ने भएकाले उहाहरुको आत्मबल उच्च राख्न कोरोना बीमा गर्ने निर्णय गरीएको हो ।
नगर भित्र रहेका जनप्रतिनिधि, पत्रकार, कर्मचारी, एम्वुलेन्स चालक र प्रहरीको जनरल इन्स्योरेन्स कम्पनि मार्फत कोरोना बीमा गर्ने भएको छ । कोरोना पोजेटिभ देखिएमा एक लाख पाउने जनरल इन्स्योरेन्स बुटवलका शाखा प्रबन्धक विक्रम कंडेलले बताउनुभयो ।












