रातभर होटल सन्चालन गर्न पाउनुपर्ने व्यवसायीकोे माग

प्रकाशित मिति:

बुटवलका होटल रेष्टुरा व्यवसायीले रातभर व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । प्रहरी प्रशासनले राति १० बजे नै सिठ्ठी फुकेर बन्द गराउँदा व्यवसायी र पाहुना दुबै मारमा परेको उनीहरुको गुनासो छ । रातभर होटल सञ्चालन गर्न दिन र इट्टाभट्टीदेखि योगीकुटीसम्मको कालिकापथ क्षेत्रलाई होटल जोनको रुपमा विकास गर्न स्थानीय सरकारसंग माग गरेका व्यवसायीले मंसिरसम्म माग पूरा नभए अदालत जाने चेतावनी दिएका छन् ।
बिहीबार बुटवलस्थित ग्यालेक्सी क्याफेको वाषिर्कउत्सव कार्यक्रममा बोल्दै होटल व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसीले पाहुना आउने र ब्यापार हुने समयमा नै होटल, रेष्टुरेन्ट बन्द गर्नुपर्दा व्यवसायलाई निरन्तरता दिन गाह्रो भएको बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले बदलिंदो समय अनुसार राज्यले आफ्ना नीति नियमहरु परिमार्जन गर्न आवश्यक भएको बताए ।रुपन्देहीमा क, ख र ग वर्गका गरी ९ सय रेष्टुँरा तथा तीनै वर्गका होटल ७ सयको संख्यामा रहेका छन् ।