रुपन्देहीको देवदह नरपालिकाले तिहारको मुखैमा नया नियम लागु गरेको छ । नगरपालिकाको नगरकार्यपालिकाबाट नै निर्णय गरेर मौलिक देउसी, भैलोलाई प्रोत्साहन गर्ने गरी तिहारको समयमा रेडीमेट(मोवाईल, पेनड्राईभ) बाट कुनै पनि गीत बजाएर नाच्न नपाउने नियम बनाएको हो ।नगरपालिका प्रमुख हिरा बहादुर खत्रीका अनुसार चर्को स्वरमा ठुला ठुला माईक बजाएर ध्वनी प्रदुषण गरे नियन्त्रणमा लिएर कारवाही समेत अगाडी बढाइने जनाए । अटेर गरेको पाइए ति सामानहरु नियन्त्रणमा लिइने उनले बताएका छन् । यो नियम नैपालमा नै पहिलो पटक लागु गरिएको उनको दाबि छ । जसमा स्थानिय राजनीतिक दल, विभिन्न संघ संस्था तथा प्रहरी प्रशासनको समेत साथ दिएका छन् ।शुक्रबार नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरी सबै सरोकारवाला निकायले यस विषयमा प्रतिवद्धता समेत जनाएको नगर उप प्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिईन् ।हिन्दी, अग्रेजी, तथा नेपाली गित(आधुनिक, लोक, पप वा चलचित्र) कुनै पनि पेन्ड्राईभ, मोवाईलबाट बजाएर देउसी भौलो खेलेको खण्डमा त्यसलाइ नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडी बढाउने नगरपालिकाको निर्याणको सबैले स्वागत गरेका छन् । विकृती कम गर्नको लागि गरिएको अभियानमा सबैको साथ रहेको रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेले बताए । यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल बहादुर मल्लले प्रहरीले राम्रो कामको जहिले पनि साथ दिने भन्दै विकृती विसंगती नियन्त्रणको लागि आफुले २४ सै घण्टा सेवा दिने जानकारी दिए ।












