आजको खेलबाट एभरेष्ट फाईनलमा प्रवेश

प्रकाशित मिति:

बुटवलमा जारी एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल प्रतियोगितामा आयोजक एभरेष्ट मावि बुटवल फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाईनल खेलमा चितवनको जानकी माविलाई ३÷१ को सोझो सेटमा पराजित गर्दै आयोजक एभरेष्टले फाईनलको यात्रा तय गरेको हो । आयोजक एभरेष्टले शनिबार हुने न्यू डायमण्ड एमेडेमि काठमाण्डौ र टप्स ईङ्गलिस मावि पोखराबीचको दोस्रो सेमिफाईनल खेलमा विजयी हुने टिमसँग फाईनलमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो ।यसैबीच प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो सेमिफाईनल र क्वाटर फाईनलका खेलहरु सम्पन्न भएका छन् । शुक्रबार भएका क्वाटरफाईनलका खेलमा न्यू डायमण्ड मावि काठमाण्डौले ज्ञान ज्योति मावि बाकेलाई २÷१ ले हराएको छ । त्यसैगरी टप्स मावि पोखराले श्री गाउ मावि दाङलाई ३÷१ तथा जानकी मावि चितवनले थ्रीस्टार काठमाण्डौलाई २÷१ र एभरेष्ट मावि बुटवलले वीसडमलाई २÷० को सेटमा हराएको हो । प्रतियोगिता अन्तरगत शनिबार दोस्रो सेमिफाईनल र फाईनलका खेलहरु हुने आयोजक एभरेष्टमा सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो । काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूहले प्रतिस्पर्धा गरेको प्रतिस्पर्धाको विजेताले नगद ५० हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पर्ने आयोजकले जनाएका छन् ।