अमेरिकामा नेपालीको मन यसरी जितेका छन् यी दुई अभियान्ताहरुले

प्रकाशित मिति:

मुकुन्द सुवेदी -फिलाडेल्फिया अमेरिका । झण्डै ३ महिनादेखि अधिकांस अमेरीकीहरु घरभित्र कैद जस्तै भएका छन् । बाहिर चर्को गर्मी त त्यसै पनि छँदैछ । तथापी अझैं कोरानो भाइरसको महामारी घट्ने छाटकाट देखिँदैन । अब कहिलेसम्म्म यो महामारीले सताइरहन्छ रु कसैले पनि यसको उत्तर दिन सकिरहेका छैनन् । यस्तो विषम परिस्थितीमा विश्वभरका मानिसहरु आफु कसरी जोगिएर भन्नेमा छन् । अझ अमेरिकामा रहेका नेपालीहरुमा पनि चिन्ता र चासो बढेको पाइन्छ ।

नेपालीहरु ठूलो बस्ती रहेको पेन्सलभेनिया चौथो ठूलो राज्यमा पर्छ । यहाँ नेपाली मुलका भुटानीहरु पनि ठूलो संख्यामा बसोबास गर्छन् । कोरोना भाइरसको महामारीमा घर भित्रबाट बाहिर निस्किन सक्ने अवस्था थिएन । झन सबै पसलहरु बन्द थिए ।कसैले पनि नेपालमा जस्तो खाद्यन्नको जोहो गरेर राख्ने चलन यहाँ छैन । चारैतिर डर र कोलाहल थियो । यस्तो बेलामा नेपाली सामाजिक अभियान्ता डा। केशव भण्डारी र जयन्द्र लामा ९जय० को मन भने भतभति पोल्न थाल्यो, उनीहरु राति राम्ररी सुत्न पनि सकेनन् ।मार्चको दोस्रो साता दुबै जनाले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्ने उनीहरुले दुवैले निर्णय गरे । संयुक्त निर्णयअनुसार उनीहरुले आपतमा परेका नेपालीलाई सहयोग गर्न तम्सिए पनि ।केशव पेशाले स्वास्थ्यकर्मी हुन् भने जयन्द्र व्यवसायी हुन् । नेपालको वर्दियाका बासिन्दा डा। भण्डारी र सुन्दरीजल काठमाडौंका लामा सानैदेखि सामाजिक काममा सक्रिय बन्दै आएका थिए । यसमा पनि उनीहरु समाजका लागि केही न केही योगदान गरी नै रहन्थे । झन महामारीका बेला त उनीहरु चुप लागेर बस्ने कुरै पनि भएन ।

नेपाली गुठी एसोसियनमा आवद्ध यी दुबै जनालाई खाद्यन्न, माक्स, पञ्जा र हात धुने सावुन गाडीमा राखेर नेपालीको कोठा कोठामा पु¥याउने जिम्मा दियो । अनि उनीहरु लागे नेपालीहरुका घरघरमा सामान लिएर ।डा। भण्डारीले अमेरिकामा बस्ने नेपाली स्वास्थ्यकर्मीहरुको परामर्श समुह नै बनाएर कोरोना महामारीका बेला चेतना र परामर्श दिने काम गरिरहेका छन् । हरेक नेपालीलाई फोनमार्फत नडराउनुस्, नआत्तिनुस भनेर सल्लाह दिनु उनको दैनिकी नै बनेको छ ।उनले पटकपटक आफु सुरक्षित रहन र केही भएमा तुरुन्तै जानकारी गराउन अपिल गरिरहेका छन् । सामाजिक सञ्जालमा कोरोना भाइरसबारे सन्देश प्रवाह गरी नै रहेका छन् ।त्यसो त डा। भण्डारी पनि महामारी रोक्न स्व। विपी कोइरालादेखि हालका नेपाली कांग्रेसका हालका नेताहरुसँग चिरपरिचित हुनाले सामाजिक काममा धेरै सक्रिय छन् । अमेरिकामा बसने घेरै नेपालीहरुलाई भाषाको समस्याले अस्पतालमा जाँदा डा। भण्डारीले दोभाषेको कामसमेत गर्छन् ।

उता जयन्द्र लामा पनि नेपालीहरु विरामी हुँदा अस्पताल पु¥याउने, एयरपोर्टसम्म लिन र फर्किदा पु¥याउन जाने गर्दथे । यी दुई नेपालीको काम देखेर नेपाली र अमेरिकीहरु समेत प्रशंसा गर्छन् ।यस्तै लामा गाडीभरी चामल, माक्स, नुन, तेल र अन्य खानेकुरा बोकर अमेरिकामा बस्ने नेपालीको घरघरमा पुगेर राहत बाढ्न व्यस्थ हुन्थे । उनलाई गुठीका अध्यक्ष विमल मोक्तानले राहत सामाग्री दिएर वितरणमा जान प्रेरित गरिरहे ।आमा कुमारी लामा पनि राजनीतिमा सक्रिय भएकाले लामालाई कोरोनाको त्रासका बीचमा पनि नेपालीको सेवामा जान परिवारबाट कुनै बाधा अवरोध हुँदै भएन । अमेरिकाको राजधानी डिसीमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् ।‘राहत लिएर जाँदा फट्टपुट्ट गाडी सडकमा देखिन्थे । घरमा पुगेर राहत सामाग्री दिँदा पनि नभेटिने हुँदा धेरै खल्लो महसुस हुन्थ्यो’, उनी निशान न्युजसँग यसरी आफ्नो अनुभाव सुनाउँछन्, ‘मेरो परिवारले मलाई कठिन अवस्थामा पनि बाहिर निस्कन रोकेन । त्यसैले पनि सहयोग गर्न पाएकोमा म खुसी छु ।’आफुहरु अमेरिकी अस्पतालहरुमा काम गर्ने डाक्टर र नर्सका साथै स्थानीय प्रहरीहरुलाई समेत खाना सहयाग गर्न पाएकोमा अति नै खुसी लागेको लामा बताउँछन् ।