विष्णु खत्री,कार्तिक १७ सैनामैना
रुपन्देही सैनामैना ४ मुर्गियाका २४ वर्षीय अमित बराल नेपाल आईडल को यात्रामा निरन्तरता दिन सफल भएका छन् । प्रदेश नं ५ को प्रतिनिधित्व गर्दै नेपाल आईडलको प्रतिस्पर्धामा रहेका बराल शुक्रबार भएको ‘एलिमिनेसन डे’ को नतिजामा उत्कृष्ट ८ मा आफ्नो नाम सुरक्षित गर्न सफल भएका हुन् । उत्कृष्ट ८ मा परे सँगै बरालले धन्यवाद व्यक्त गर्दे आफ्नो फेशबुक पेजमा यस्तो लेख्छन् – “निशब्द भएं तपाईंहरू सम्पुर्णको आकाश भन्दा पनि फराकिलो स्नेहले ।” धेरै धेरै धन्यवाद । माया नै माया मेरो तर्फबाट । नेपाल आइडलको सुरुवात देखि नै आफ्नो गायकीको कारण सबैको मन जितेका अमित एक चोटी ‘पफर्मेस अफ द डे’ बनेका छन् भने, बिहिवार तिम्रो हर प्रश्नको जवाफ मेरो चिट्ठी हरुमा खोज्नु ,यदि चित्त तिमिलाइ बुज्दैन भने मेरो सामुन्ने आएर सोध्नु , भन्ने गीतमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका बराल निर्णयक र दर्शकको भोटिङको आधारमा कम मत प्राप्त गर्दै शुक्रबार पुन ः एक पटक डेन्जर जोनमा परे । आफ्ना दाजु स्व.सुमित बरालको साङ्गितिक सपना साकार पार्न अघि बढेका अमित बरालले क्लासिकल र पप शैलीका गीत बढी मन पराउने गर्दछन् । प्रत्येक बिहिबार बेलुका ८ः ३० बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलको टप ८ मा पुगेका अमितलाई जिताउन भोटको आवश्यक परेको छ । अमितका बुवा जिबन बरालले आफ्ना छोरालाई जिताउन सबैसँग भोटका लागि अपिल गरेका छन् । अमितलाई नेपाल आइडल सिजन २ बनाउन म्यासेजमा ०१ टाइप गरी ३१००९ मा पठाउनु पर्नेछ । भोट हरेक हप्ताको विहीबार राति ८ः ३० देखि शुक्रबार दिउँसो १२ बजेसम्म मात्र गर्न सकिने जनाइएको छ । देश र बिदेशबाट एप बाट पनि भोट गर्न सकिने छ ।













