प्रगतिशिलको वार्षिकोत्सवमा भलिवल प्रतियोगिता

प्रकाशित मिति:

प्रविण गाहा
गुल्मी, १८ कात्तिक । प्रगतिशिल मगर युवा समुह गुल्मीदरवार वडा नं. ३ भट्टेचौर गुल्मीले दशौं बार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । समुहले वार्षिक उत्सवको अवसरमा आयोजना गरेको साविकको वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधी विहानी युवा क्लव मिसुगाले हात पारेको छ । आयोजक प्रतिशिल मगर युवा समुह उपविजेतामा सिमित भएको छ । २० टिमले भाग लिएको प्रतियोगितामा जुभुङ्गको भिक्टोरी युवा क्लवले तेस्रो स्थान हात पारेको छ । विजेता टिमलाई गुल्मीदरवार वडा नं. ३ का वडा अध्यक्ष खुम बहादुर पल्लीले पुरस्कार प्रदान गर्नु भएको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने क्लवले क्रमशः सात, पांच र तीन हजार संगै कप, मेडल र प्रमाणपत्र हात पारे ।
समुहले हरेक वर्ष बार्षिक उत्सवको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ ।

बार्षिक उत्सवको अवसरमा भलिवल संगै सांस्कृतिक कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, भाले छोपाई, टिका टांस प्रतियोगिता गरिएको समुहका सचिव सुरज राकशले जानकारी दिनुभयो ।