तिलोत्तमामा आयोजित वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं १३ लाई

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तामामा आयोजना गरिएको वडा स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. १३ ले जितेको छ । आज भएको फाईनल प्रतिस्प्रर्धामा वडा नं. १४ लाई ३ रनले पराजित गर्दै वडा नंं. १३ ले उपाधी चुमेको होे । उसले प्रथम हुंदै रु ५० हजार प्राप्त गर्यो । तिलोत्तामा क्रिकेट समितिको आयोजना र न्यू होल्याण्ड ट्क्याक्टरकोे मुख्य प्रायोजन रहेको प्रतियोगितामा दोश्रो भएको वडा नं. १४ ले १५ हजार पुरस्कारमा चित्त बुझाउनु परेको छ । टस जितेर पहिले ब्याटिङ्ग रोजेको वडा नं. १३ ले २० ओभरमा ३ विकेटको क्षेतीमा १२१ रन जोड्न सफल भएका थियो । १२२ रनको लक्ष्य पाएको वडा नं. १४ ले १८ ओभर ४ बलमा पुरै विकेटको क्षेतीमा ११८ रनमा मात्र सीमित भएको थियो । वडा नं. १३ का विवेक विक उत्कृष्ट बलर बनेका छन भने वडा नं. १३ कै कृष्ण भुषाल उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन । यस्तै वडा नं. १४ का ईन्द्रजित केवट उत्कृष्ट खेलाडीमा छनोट भएको आयोजकले जानकारी दिएको छ ।