ओली – प्रचण्डबीच आज झण्डै २ घण्टा छलफल

प्रकाशित मिति:

काठमाडौं,  प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।

दुई अध्यक्षबीचको छलफलबारे थप जानकारी आउन बाँकी नै छ।स्रोतका अनुसार दुई अध्यक्षबीच झण्डै २ घण्टा कुराकानी भएको थियो।नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच छलफल भएको हो।

विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ।दुई अध्यक्षबीच बिहान टेलिफोनमार्फत् कुराकानी भएपछि बैठक स्थगित भएको हो।दुई अध्यक्षबीच सहमति नभएसम्म स्थायी समिति बैठक स्थगित गर्न दुवै पक्षका नेताहरूले दबाव दिएका छन्।प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने अडानमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह छन्। प्रधानमन्त्री ओलीले भने दुवै पद नछाड्ने स्पष्ट पारेका छन्।

@Setopati

थप समाचार