दाङ, साउन १४ : पहिरोले घर पुरिँदा दाङमा दुई वर्षीया बालिकासहित दुई जनाको ज्यान गएको छ।आज बिहान ३ बजेतिर दाङको बङ्गलाचुली गाउँपालिका–५ साकिनेमा पहिरो गएको हो। पहिराले बाटुली नेपालीको घर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुतेकै अवस्थामा घर पुरिँदा २६ वर्षीया नेपाली र उनकी छोरी दुई वर्षीया आयुश्मा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पुरिएको अवसथामा उनीहरुको शव भेटिएको हो।
आज बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर पहिरो गएको स्थानीय वासिन्दाले बताएका छन्। पहिराले उनको घर आधा पुरिँएको छ।उनको परिवारका अन्य सदस्य भने जोगिएका छन्। घर आधामा मात्रै पुरिँएकाले अन्य सदस्य जोगिएको स्थानीय वासिन्दाले बताए। उनीहरुलाई प्रहरी र स्थानीय वासिन्दाले सकुशल उद्धार गरेका थिए। अहिले पनि स्थानीय वासिन्दा र प्रहरी टोली उद्धारमा जुटेको छ। विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।@kathamandupress









