तिर्थराज ज्ञवाली,असार २५, मसुरीया (देउखुरी दाङ) नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङले राप्ती गाउँपालिका लाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड १९ को जोखीम बाट नागरिकलाई सुरक्षित राख्न सहयोग पुगोस भन्ने उदेश्यका साथ नेपाल रेडक्रम सोसाइटीद्धारा स्वास्थ्य सामाग्री उपलब्ध गराईएको राप्ती गाउँपालिका विपद् फोकल पर्सन सुवास भट्टाईले जानकारी दिनु भएको छ ।
विभिन्न पालिकाहरुमा जस्तै यस राप्ती गाउँपालिकाको कोरना भाईरसको संक्रमण न्युनिकरण अभियानलाई तिब्रताका साथ अघि बढाउने अभियानमा सहयोग पुराउने उदेश्यका साथ स्वास्थ्य सामाग्री प्रदान गरेको सभापति नारायण आचार्यले जानकारी दिनु भएको छ ।
कोभिड १९ को जोखीम बाट नागरिकलाई सुरक्षित राख्न सन्देश मुलक फेलेक्स ब्यानर, डस्टविन, ट्वाईलेट ब्रुस, हर्पीक, फिनाईल, ओडोनिल, हाईड्रोक्लोराईड, सेनिटाईजर, सर्जिकल मास्क,सर्जिकल ग्लोब्स, मेडिकल झुल, मस्कीटो लीक्युड र महिनावारी स्वच्छता सामाग्री बक्स लगायतका सामाग्री गाउँपालिकालाई प्राप्त भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनु भएको छ ।
स्वास्थ्य सामाग्री बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि तथा उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङलाई धन्यवाद प्रदान गर्नु भएको छ ।नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङ तथा स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छताका लागि सामुदायिक सहकार्य को सहयोगमा स्वास्थ्य सामाग्री उपलब्ध गरिएको हो ।