साउन २९ नवलपरासी ।
पश्चिम नवलपरासीको बर्दघाटकि एक किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दघाट नगरपालीकाका वडा नम्बर १६ कि १७ वर्षिय किशोरीमा कोरोना पुष्टि भएको वडा अध्यक्ष शुक्र गुरुङले जानकारी दिएका छन ।
बर्दघाट नगरपालीकाले स्वाब संकलन गरि परिक्षणका लागी पठाएकोमा बर्दघाटकि एक किशोरीमा संक्रमण पुष्टि भएको हो । शंकास्पद देखिएकाको समुदायस्तरको परिक्षण गरिएको हो । संक्रमित किशोरीको स्वास्थ्य अवस्था समान्य रहेको छ । यस संगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको सङख्या १ सय ३० पुगेको छ ।









