‘प्रेमलीला’ले आफ्नो प्रोमोसन का लागि तक्लु ब्यूटी कन्टेस्ट गर्ने

प्रकाशित मिति:

माघ २५ लाई आफ्नो प्रदर्शन मिति तय गरेको फिल्म ‘प्रेमलीला’ले आफ्नो प्रोमोसन सुरु गरेको छ। फिल्म प्रोमोसनलाई व्यापकता दिने योजना अनुसार फिल्म निर्माण युनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’को आयोजना गर्ने भएको छ।

फिल्मकी नायिका तथा निर्माता दीपशिखा खड्काले बाहिरीभन्दा पनि भित्री सौन्दर्यलाई प्रोत्साहित गर्ने उद्देश्यले ब्युटी कन्टेस्टको आयोजना गरेको बताइन् । ‘सुन्दरता आँखाको भ्रम हो। मानिसलाई उसको बाहिरी रुप हेरेर होइन मन हेरेर सुन्दर या कुरूप छुट्याउन सकिन्छ । महिलाका लागि कपाल हुँदा र नहुँदा उसको बाहिरी सुन्दरतामा धेरै असर पर्छ । मैले पनि कपाल काट्दा मानिसले हेर्ने फरक नजरको महसुस गरेकी छु’, फिल्ममा तक्लु बनेकी खड्काले भनिन्, ’त्यो अनुभव सबैसंग साट्नका लागि ’तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्न लागेको हौँ।’

प्रतियोगितामा महिलाहरुरूमात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेजमा कपालबिनाको फोटो पोस्ट गर्न सकिन्छ । प्राप्त फोटोलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १०लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५० हजार दोस्रो हुनेलाई रु २५, हजार र तेस्रो हुनेलाई १०,नगद पुरस्कार प्रदान गरिनेछ।