प्रकाश न्यौपाने
भदौ २० गते
नवलपरासी । लायन्स कल्ब अफ नवलपरासी संसारकोटद्धारा बर्दघाट १० को धु्रवटोलमा आजदेखी फुड बैकको स्थापना गरेको छ । फुड बैकमा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य बिक्रम खनालले दैनिकी ज्याला मजदुरी गरी दैनिक चुल्हो बाल्ने परिवारहरु यति बेला निकै प्रभावित रहेको बताउनु भयो । अहिलेको यो परीस्थितिमा फुड बैकको स्थापना गरी लायन्स कल्वले अत्यन्तै राम्रो काम गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने मुल नाराका साथ संचालित फुड बैंकमा कार्यक्रम बाट गरिब ,अशाहाय , असक्त ,अनाथ बालबालिका र अपाङ्गता भएको ब्यक्तिहरुलाई लायन्सले गरेको कार्य निकै उत्कृष्ट रहेको बताउनु भयो ।
लायन्स डिल्लीराज पाण्डे र प्रेम न्यौपानेको बिशेष अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम मा बोल्दै बिशेष अतिथ्यती दुबैले तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ ,त्यसैले आउनुहोस हातेमालो गरौ ,सामाजिक अभियानको सारथि बनौ , भनाइका साथ सञ्चालित फुड बैंक कार्यक्रमले दैनिकी ज्याला मजदुरी गरी घरखर्च संचालन गर्दै आएका अति गरिब ,बिपन्न ,अनाथ बालबालिका ,अपाङ्गता भएको परिवारलाई ठुलो राहात हुने बताउनु भयो ।
राहात स्वरुप ३ के जी चामाल, आधा के जी दाल, १ के जी नुन र सोयाबिनलगाउतका सामाग्रि बितरण गरीएको छ । फुड बैंकका लागी स्थानिय उधोगी, ब्यापारी र समाजसेविहरु बाट यस फुड वैंकमा सहयोग गर्न समेत भएको प्रथम उपाध्यक्ष एव कार्यक्रम संयोजक दिपक भुसालले जानकारी दिनु भयो । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर भोक बाट मर्न सक्ने गरिब , अनाथ बालबालिका , अशक्त परिवारले मात्र फुड बैंकमा आई सहयोग लिने दिने व्यवस् मिलाइएको थियो । कल्वका अध्यक्ष कुलदिप आचार्यको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव किशोर गैरेले गर्नुभएको थियोे ।