ढोरपाटनका बाढी पहिरो पीडितहरुको सहयोगका लागि अष्ट्रेलियामा सहयोग जुटाउदै ।

प्रकाशित मिति:

कौरव खत्री -बागलुङ २३ भाद्र । बागलुङ ढोरपाटनका बाढी तथा पहिरो पीडितहरुको सहयोगका लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले आर्थिक सहयोग संकलन गरिरहेको छ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले बागलुङ ढोरपाटनका बाढी पहिरो पीडित घरपरिवारलाई सहयोग गर्ने उद्देश्य अनुरुप अष्ट्रेलियामा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धी प्रसाद भट्टराईले जानकारी दिए । साथै गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष भट्टराईले भने अभियान मार्फत आर्थिक संकलन जुट्ने क्रम जारी रहेको हुदा बाढी र पहिरो पिडितहरुका लागि आफूसक्दो सहयोग गरिदिन आग्रह समेत गरे ।

गत हप्ताको बुधवार राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिकाको बोबाङकमा ठूलो जनधनको क्षति पु¥याएको थियो । ढोरपाटन नगरपालिका विभिन्न स्थानामा रहेका धेरै घरपरिवार पूर्ण क्षति पु¥याएको छ भने बाढी पहिरोले विद्यालय,विद्युत र झोलुङ्गे पुल समेतमा क्षति पु¥याएको थियो ।