बिपिन नेपाल -परिवर्तित युवा, परिवर्तित सोच, परिवर्तित राष्ट्र भन्ने नाराका साथ २०७४ सालमा स्थापीत गैरलाभकारी तथा गैर राजनैतीक युवा संस्था नयाँ युवा नयाँ सोच, नेपालको सुदुरपश्चिम प्रदेशको छैटौँ जिल्ला इकाइको रुपमा बाजुरा जिल्लामा समेत इकाइ गठन भएको छ। देशका विभिन्न जिल्लाहरुमा इकाइ रहेको ,यस जिल्लाको सुदुरपश्चिममा मात्रै हालसम्म कैलाली, डोटि, अछाम, दार्चुला था वैतडिमा इकाइ गठन भैसकेको छ भने अन्य जिल्लाहरुमा इकाइ गठनको तयारिमा रहेको जनाएको छ ।
यस संस्थाले स्थापना काल देखि नै युवा, महिला तथा बालबालिका लाइ लक्षित गरि विभिन्न शैक्षिक, खेलकुद, वातावरण तथा सामाजिक न्यायीक क्षेत्रमा कार्यक्रम हरु गर्दै आइरहेको छ। केशव बोहोराको अध्यक्षतामा गठन भएको उक्त इकाइमा ११ जना को कार्यसमिति र १४ जना बाँकी साधारण सदस्यहरु साहित हालको लागि २५ सदसिय समिति रहेका र आउने दिनहरुमा कार्यक्रम हरु गर्दै नयाँ सदस्यहरु थपिने बोहोराले बताएका छन्। कोरोना माहाव्याधीले आफ्ना पुर्वनिर्धारित नियमित कार्यक्रम हरु पछाडि धकेलिए पनि संस्थाले आफ्नो सकृयता नियमित राख्दै अहिले पनि निरन्तर रुपमा भर्चुअल माध्यम बाट विभिन्न जनप्रतिनिधि , समाजसेवी , व्यवसायी, स्वास्थ्यकर्मी लगायत सँग प्रत्यक्ष अन्तर्वार्ता कार्यक्रमहरु प्रशारण गरिरहेको छ भने मनोरञ्जनका निम्ति हाजिरिजवाफ, साहित्यिक कार्यक्रम ,संगितिक बसाई ,साथै कानुनी साक्षरताको कार्यक्रम समेत चलाइरहेको छ साथै भर्चुअल माध्यम बाटै राष्ट्रव्यापी रुपमा वक्तृत्वकला, साहित्यकला, चित्रकला लगायतका प्रतियोगिताहरु पनि गरिरहेको केन्द्रिय कार्यक्रम संयोजक विनोद खत्री ले बताउनुभएको छ । स्थापना कालदेखी नै सक्रिय रुपमा काम गरिरहेको यस संस्थाले कोरोना महाव्याधिको क्रममा समेत निरन्तर कार्यकर्म गर्दै आइरहेको छ ।
याहि भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा समेत देशभर बाट १३७ बालबालिका हरुको सहभागितामा गायन, नृत्य, साहित्य, वक्तृत्व तथा चित्रकला गरि पाँच विधामा प्रतिनिऊि सभा सदस्य मा। विरोध खतिवडाको प्रमुख आथित्यता, सुदुरपश्चिम प्रदेश सभा सदस्य मा। पुर्णा जोशि को विशिष्ट आथित्यता तथा डोटि, अछाम, बाजुरा, बैतडि, कैलाली लगायतका स्थानिय पालिका प्रमुख्रउपप्रमुख एवं विभिन्र व्यक्तित्वहरुको उपस्थितिमा तथा नेपाल पुलिस स्कुल काठमाडौँ, न्यु होराइजन कलेज रुपन्देहि तथा क्रिसेन्ट सिटि स्कुल, कैलालिको आर्थिक सहयोगमा NYNSN TALENT HUNT-2077 सम्पन गरेको छ ।
नव गठित इकाइलाइ वधाइ तथा शुभकामना ज्ञापन गर्दै संस्थाले “नयाँ इकाइ गठन सँगै नयाँ जिल्ला इकाइ तथा पदाधिकारिहरुको आगमनले संस्थाको सकृयता अझै बढ्ने र समाजको निम्ति युवाहरुले सक्ने विभिन्न क्षेत्रमा टेवा पुर्याउँदै यो जटिल समयमा अझै युवाहरुको सकृयता को आवश्यकता भएकाले सोहि अनुरुप पुराना कार्यक्रमहरुलाइ निरन्तरता दिँदै नयाँ कार्यक्रम हरु पनि थप्दै अघि बढ्ने संस्थाका केन्द्रिय अध्यक्ष मुकुन्द दिप मडैले बताएका छन् ।









