नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन

प्रकाशित मिति:
प्रकाश न्यौपाने
नवलपरासी ,असोज १२
डा. गोविन्द केसीको जीवन रक्षाको  माग गर्दै नवलपरासीका  युवाले शान्तिपुर्ण खबरदारी गरेका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधार र  आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग राखी १९ औं सत्याग्रहमा रहनुभएका डा. गोविन्द केसीको जीवन रक्षाको  लागि सरकारलाई दबाब दिन आज नवलपरासीको  सुनवलमा स्थानीय युवाहरूले शान्तिपूणर् खबरदारी गरेका हुन् । उनिहरुले ‘गोविन्द केसिको माग पुरा गर, गोविन्द केसीको जिवन रक्षा गर’ , ‘हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा. केसीको साथमा’ , ‘स्वाास्थ्य शिक्षालाई माफियाको कमाउधन्दा बन्द गर’, ‘म डा. केसी पनि हो ’, ‘डा. केसीको अन्सन मेडिकल माफियालाई टेन्सन ’ लगायत लेखिएका प्ेल कार्ड बोकेका थिए । डा केसी विगत १४ दिनदेखि सत्याग्रहमा हुनुहुन्छ । २९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिका-६ स्थित बाबिरामष्ट मन्दिरमा अनसन थाल्नुभएका केसीको काठमाडौँ पुगे पनि अझै सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ । स्थानिय युवाहरुले कोरोना संक्रमण रोकथाम, सरल परीक्षण, भ्रष्टाचार र विभिन्न प्रकरणमा उठेका सवालको छानबिन एवं कार्वाहीका लागि डा. केसीले राखेको मागप्रति पनि संवेदनशील बन्न पनि सरकारलाई आग्रह गरेका छन् ।