डिलाराम भुसाल,कपिलवस्तु- कपिलबस्तुको कृष्णनगर हुँदै भारततर्फ लाँदै गरेको साढे सात किलो लागूऔषध अफिम कपिलबस्तु प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरले लु १ ह १५७ नम्बरको अटोमा ल्याउँदै गरेको अवस्थामा अफिम नियन्त्रणमा लिएको बताएको छ ।
अफिमसँगै रोल्पाको कुलेरी गाउँपालिका–१ कुलेरीकी ४९ वर्षीया सीता रोका र कपिलवस्तुको शिवराज–५ का अटो चालक सुशील क्षेत्रीलाई नियन्त्रणमा लिएको कपिलबस्तु प्रहरी उपरिक्षक नवराज अधिकारीले बताएका छन ।
छड्के चेक जाँचका क्रममा मंगलबार राति कृष्णनगरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको बताएको छ । कृष्णनगर प्रहरीले असोज ९ मा पनि ३७ किलो चरेस नियन्त्रणमा लिएको थियो ।








